Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

अनिल श्रेष्ठ राष्ट्रिय फुटबल टोलीको म्यानेजर

अनिल श्रेष्ठ राष्ट्रिय फुटबल टोलीको म्यानेजर

  • 397
    SHARES
  • अनिल श्रेष्ठ राष्ट्रिय फुटबल टोलीको म्यानेजर

    काठमाडौं । अखिल नेपाल फुटबल (एन्फा) ले बंगलादेशविरूद्धको खेलका लागि अनिल श्रेष्ठलाई व्यवस्थापकको जिम्मेवारी दिएको छ ।

    श्रेष्ठ सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका व्यवस्थापक हुन् ।

    बंगलादेशविरूद्ध मैत्रीपूर्ण खेलका लागि श्रेष्ठलाई टिम व्यवस्थापकको जिम्मेवारी दिइएको हो । एन्फा महासचिव किरण राईले श्रेष्ठलाई नियुक्ति पत्र दिए ।

    यसअघि मधुसुदन उपाध्यायले चार वर्षसम्म नेपाली राष्ट्रिय टिमको व्यवस्थापकको जिम्मेवारी सम्हालेका थिए ।

    तर ६ असारमा भएको निर्वाचनबाट एन्फामा नयाँ कार्यसमिति चयन भएसँगै उनी जिम्मेवारीमुक्त भए ।

    नेपालले ११ असोजमा दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

    बंगलादेशविरूद्धको मैत्रीपूर्ण खेलका लागि एन्फाले यसअघि कार्यवाहक प्रशिक्षकको रुपमा प्रदीप हुमागाँईलाई नियुक्त गरेको छ ।

    मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी विदामा रहेका कारण एन्फाले कार्यवाहक प्रशिक्षकको जिम्मेवारी हुमागाइँलाई दिएको हो ।

    अल्मुताइरीसँग विवादका कारण टिमबाहिर रहेका १० खेलाडीलाई पनि हुमागाँईले राष्ट्रिय टिममा समेटेका छन् ।

    टिमको सहायक प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोल छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij