Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

जब ९ सेकेन्डमै ढल्याे सय मिटर अग्लो ट्विन टावर

जब ९ सेकेन्डमै ढल्याे सय मिटर अग्लो ट्विन टावर

  • 546
    SHARES
  • जब ९ सेकेन्डमै ढल्याे सय मिटर अग्लो ट्विन टावर

    नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा पर्ने नोएडास्थित सय मिटर अग्लो ट्विन टावर आइतबार विष्फोट गरेर भत्काइएको छ ।

    दिउँसो पौनै ३ बजे दुबै टावरलाई ध्वस्त बनाइएको हो । विष्फोटको ९ सेकेन्डमा टावर ढलेर गिटीबालुवामा परिणत भएको थियो । टावर भत्काउँदा उडेको धुलोको मुस्लोले आसपासका क्षेत्र नै ढाकिएका थिए ।

    दिल्लीको कुतुब मिनारभन्दा अग्लो १०० मिटरको यो टावरलाई ध्वस्त पार्न ३७०० किलोग्राभन्दा बढी विष्फोटक पदार्थ प्रयोगमा ल्याइएको थियो । अदालतले यो टावर नियम विपरित बनाएको फैसला गरेपछि भत्काइएको हो ।

    टावर भत्काउनका लागि त्यसको नजिकको दुई बस्तीबाट ५ हजारभन्दा बढी मानिस र करिब २ सय जनावरलाई अन्यत्र सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    मानवीय क्षति हुनसक्ने आकलन गर्दै बिहानै मानिसहरूलाई अन्यत्र सारिएको हो । आसपासका सवारी साधनलाई पनि सुरक्षित ठाउँमा राख्न भनिएको थियो ।

    यो भवन ध्वस्त पार्न एडफिस इन्जिनियरिङलाई जिम्मा दिइएको थियो । दुबै टावरलाई ध्वस्त बनाउँदा नौ मिटर टाढाको आवासीय भवनलाई पनि कुनै नोक्सान नभएको बताइएको छ ।

    भत्काइएका भवन ३२ र २९ तले रहेका थिए । त्यसको भग्नावशेष नै भारू १५ करोडमा बिक्री हुने अनुमान गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij