Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

स्रोत नखुलेको पैसासहित एकजना पक्राउ

स्रोत नखुलेको पैसासहित एकजना पक्राउ

  • 343
    SHARES
  • स्रोत नखुलेको पैसासहित एकजना पक्राउ

    काठमाडौं । झापामा स्रोत नखुलेको १३ लाख ६० हजार नेपाली रूपैयाँसहित एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा झापा गाउँपालिका–१ स्थित लसुना बोर्डर घर भएका ५४ वर्षीय तेजबहादुर गणेश रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

    विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक प्रवीण भट्टराई नेतृत्वको खटिएको टोलीले शुक्रबार बिहान पौने १२ बजे झापा–१ लसुना बोर्डर नजिकैबाट गणेशलाई रकमसहित पक्राउ गरेको हो ।

    प्रहरी टोली देख्न साथ गणेश आफ्नो घरतिर भाग्न खोज्दा पक्राउ परेको प्रहरीले जनाएको छ ।

    प्रहरी उनको साथबाट १००० दरको ९०० वटा  नोट, ५०० दरको ८०० वटा नोट र १०० दरको ६०० वटा नोट फेला पारेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij