वेबटिभी खबर
काठमाडौं । निर्वाचन आयोगको स्वेच्छाचारीताविरूद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल अदालत जाने भएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज सामाजिक सञ्चाल ट्वीटर मार्फत उक्त जानकारी दिएका हुन् ।
निर्वाचन आयोगले चुनाव चिन्ह ‘गाई’ नदिएपछि राप्रपा नेपाल अदालत जान लागेको हो ।
कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो ।
राप्रपा नेपालले पटकपटक ‘गाई’ चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिन्छ । आयोगको स्वेच्छारीता विरुद्ध न्यायको निम्ति हामी अदालत जानेछौँ ।’ अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो।राप्रपा नेपालले पटकपटक "गाई"चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिन्छ।आयोगको स्वेच्छारीता विरुद्ध न्यायको निम्ति हामी अदालत जानेछौ pic.twitter.com/5bRrhAUdrG
— Kamal Thapa (@KTnepal) August 26, 2022
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij