Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

महाअभियोग सिफारिस समितिको तेस्रो बैठक बस्दै

महाअभियोग सिफारिस समितिको तेस्रो बैठक बस्दै

  • 360
    SHARES
  • महाअभियोग सिफारिस समितिको तेस्रो बैठक बस्दै

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सम्बन्धित महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ ।

    २९ भदौ भित्र राणाबिरुद्धको महाअभियोगका बारेमा अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज पनि बस्ने भएको हो । बैठक दिउँसो २ बजे बस्नेछ ।

    मंगलबार बसेको सिफारिस समिति बैठकले जबरालाई यसैसाता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ । जसअनुसार राणाले समिति समक्ष यसैसाता जवाफ पेश गर्नुपर्ने छ ।

    समितिले २९ भदौ भित्र जबरा माथि लागेको महाअभियोगका बारेमा अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ । प्रस्तावित कार्यतालिका मंगलबारको बैठकमा प्रस्तुत भएको थियो । 

    उता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने प्रस्तावित कार्यतालिका समय छोटाएर २५ भदौ भित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने अडान राखेको छ । जसमा बुधबारको बैठकमा थप छलफल हुनेछ ।

    १ फागुन २०७८ मा प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाअभियोगउपर अध्ययन गर्ने २१ फागुनमा सिफारिस समिति गठन गरेको थियो । सो सिफारिस समितिले राणका बारेमा अध्ययन गर्न जिम्मेवारी भने २२ साउनमा मात्रै पाएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij