वेबटिभी खबर
काठमाडौं । शेयर बजार ७.२४ अंकले घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार ७.२४ अंकले ओरालो लागेको हो ।
नेप्से परिसूचक ७.२४ अंक (०.३५ प्रतिशत) ले ओरालो लाग्दा बजार २०५३.३० अंकमा बन्द भएको हो ।
कारोबार रकममा पनि ओरालो लाग्दै दुई अर्बबाट तल झरेको छ ।
५२ लाख ३० हजार ७६३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७२ करोड ६२ लाख ८७ हजारको कारोबार भएको हो ।
कारोबारमा आएका १८७ कम्पनीमध्ये १२४ कम्पनीको शेयर मूल्यमा ओरालो लागेको छ ।
साथै ४७ कम्पनीको शेयरमूल्य वृद्धि हुँदा १६ कम्पनीको शेयर मूल्य भने स्थिर छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij