Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

बाबुरामले यसरी सम्झिए प्रदीप गिरिलाई 

बाबुरामले यसरी सम्झिए प्रदीप गिरिलाई 

  • 692
    SHARES
  • बाबुरामले यसरी सम्झिए प्रदीप गिरिलाई 

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले वैचारिक खडेरीबाट गुज्रिरहेको नेपाली राजनीतिमा कांग्रेस नेता प्रदीप गिरिकाे अभाव झन् खट्किरहने बताएका छन् । मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ पंकज वर्मनका अनुसार शनिबार राति ९:३० बजे गिरिको निधन भएको थियाे ।

    नेता गिरिको निधनले स्तब्ध भएको बताउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले भने, ‘४५ वर्षदेखिका अनन्य मित्र तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरिको निधनले स्तब्ध छु । उहाँसँगको लामो र गहन विमर्शका सुखद् स्मृतिहरू सधैं जीवित रहनेछन् । वैचारिक खडेरीबाट गुज्रिरहेको नेपाली राजनीतिमा वहॉको अभाव झन् खट्किरहनेछ । उहाँप्रति हार्दिक श्रद्धान्जली तथा परिवारजनमा गहीरो समवेदना ।’

    पार्थिव शरिरलाई आइतबार बिहान नौ बजे ११ देखि बजेसम्म अस्पतालकै शिवालय मन्दिरमा राखेर पार्टी कार्यालय लग्ने तयारी छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij