Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक पारित गर्ने तयारी

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक पारित गर्ने तयारी

  • 300
    SHARES
  • प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक पारित गर्ने तयारी

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नेपाल नागरिकता ऐन संशोधन विधेयक आज नै पारित गर्ने तयारी छ ।

    राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गर्ने निर्णय सत्ता गठबन्धनले यसअघि नै गरिसकेको छ । 

    गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने संसद सचिवालयको सम्भावित कार्यसूची छ ।

    राष्ट्रपति भण्डारीले २९ साउनमा सन्देशसहितको विधेयक प्रतिनिधिसभामा फिर्ता गरेकी थिइन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij