Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

१२ वर्षमुनीका बालबालिकालाई विद्यालयमै फाइजर खाेप

१२ वर्षमुनीका बालबालिकालाई विद्यालयमै फाइजर खाेप

  • 398
    SHARES
  • १२ वर्षमुनीका बालबालिकालाई विद्यालयमै फाइजर खाेप

    काठमाडौं । बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार  बालबालिकालाई कोरोनाविरूद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  सबै  जिल्लामा ती उमेर समूहलाई लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै यहाँ खोप अभियान सञ्चालनको तयारी गरिएको हो ।

    स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार यही भदौ ५ देखि ९ गतेसम्म उक्त खोप अभियान सुरु हुनेछ ।

    यसका लागि ५६८ खोप कार्यकर्ता र १ हजार १३६ स्वयंसेवक परिचालन गरिने जनाइएको छ । यहाँका सात स्थानीय तहमा भदौ ८ गतेसम्म र बाँकी तीन पालिकामा ९ गतेसम्म अभियान सञ्चालन हुने भएको छ ।

    जिल्लाको मेलौली नगरपालिकासहित सुर्नया, शिवनाथ, पञ्चेश्वर, डिलाशैनी, सिगास र दोगडाकेदार गाउँपालिका ८ गतेसम्म सञ्चालन हुने र पाटन, पुर्चौडी, दशरथचन्द नगरपालिकामा भने ९ गतेसम्म अभियान सञ्चालन हुने जनाइएको छ ।

    जिल्लामा उक्त उमेर समूहका ३८ हजार ५ बालबालिका रहेकाे र उनीहरूलाई  विद्यालयमै खोप केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन भइरहेको हो ।

    जिल्लाभरि पाँच सय ६२ खोपकेन्द्र स्थापना गरेर अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । खोपको पहिलो मात्रा दिएको २१ दिनपछि दोस्रो मात्रा दिइनेछ ।

    जिल्लामा हालसम्म एक लाख ७८ हजार बढीले कोरोनाविरूद्धको पूर्ण खोप पाएका छन् भने ९७ हजार ६१९ जनाले ‘बुस्टर डोज’ लगाएका छन् ।

    कोरोनाकै  कारण यहाँ १९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए ।

    सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको छ ।

    बैतडीमा हालसम्म एक लाख ७८ हजार बढीले कोरोनाविरूद्धको पूर्ण खोप पाएका छन् भने ९७ हजार ६१९ ले ‘बुस्टर डोज’ लगाएका छन् ।

    भारतसँग सीमा जोडिएको यस जिल्लामा हालसम्म ३ हजार ४०५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij