वेबटिभी खबर
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२९ जुगेडीमा ट्यांकरको ठक्करबाट मोटरसाईकलमा सवार एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार चितवनको कालिका नगरपालिका-२ पदमपुर बस्ने २२ वर्षिय सागर पौडेल रहेका छन् ।
दुर्घटनामा गम्भिर घाइते पौडेलको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।
नारयणगढबाट मुग्लिन तर्फ जाँदै गरेको लु १३ प ४८०४ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ४ख ३९६९ नम्बरको ट्यांकरले आज दिउँसो १ बजे ठक्कर दिएको थियो ।
दुबै सवारी साधनसहित ट्यांकर चालकलाई इलाका कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालकको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij