Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

धनुषामा १२ हजार नयाँ मतदाता

धनुषामा १२ हजार नयाँ मतदाता

  • 639
    SHARES
  • धनुषामा १२ हजार नयाँ मतदाता

    काठमाडौं । गत वैशाखमा भएको स्थानीय निर्वाचन तहको निर्वाचनपछि धनुषामा १२ हजार १७ नयाँ मतदाता थपिएका छन् ।

    जनकपुरधामस्थित निर्वाचन अयोगका प्रदेश कार्यालयका अनुसार जिल्लामा ६ हजार ९९८ पुरूष र ५ हजार १९ जना महिला गरि  १२ हजार १७ नयाँ मतदाता थपिएका हुन् ।

    थप गरिएको मतदातामध्ये ४५० जना अन्य जिल्लाका मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण राउतले जानकारी दिए । बाहिर जिल्लाका ४५० मतदातामध्ये ३१२ पुरूष र १३८ महिला रहेका छन् ।

    गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनसम्म धनुषामा ४ लाख ६७ हजार ३८८ मतदाता रहेका थिए । स्थानीय तहको निर्वाचनपछि जिल्लामा फोटोसहितको मतादाता नामावली बन्द गरिएको थियो । त्यसपछि गत १ असारदेखि पुन नयाँ मतादाता नामावली संकलन गरिएको थियो ।

    अहिले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा भएपछि पुनः मतादाताको नामावली संकलन कार्य बन्द भैसकेकाे छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय यदुकोहामा गरि तीन स्थानमा नामावली संकलन गरिएको थियो ।

    जिल्ला प्रशासन कार्यालयमा २ हजार ५३९ पुरूष र १ हजार ४७४ महिला गरि कूल ४ हजार १३, जिल्ला निर्वाचन कार्यालयमा ३ हजार ११८ पुरूष र २ हजार ६७७ महिला गरि कूल ५ हजार ७९५ र इलाका प्रशासन कार्यालय यदुकोहामा १ हजार ३४१ पुरूष र १ हजार ४५ महिला गरि २ हजार ३८६ नयाँ मतदाता थपिएका हुन् ।

    जिल्लामा १२ हजार १७ मतादाता सख्या थपिए पनि कुल मतादाताको संख्या आयोगले रूजु गरेपछि मात्रै एकिन हुने अधिकारी राउतले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij