Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

स्वास्थ्य बीमा कार्यक्रम बन्द नगर्न सांसद खगराज अधिकारीको माग

स्वास्थ्य बीमा कार्यक्रम बन्द नगर्न सांसद खगराज अधिकारीको माग

  • 402
    SHARES
  • स्वास्थ्य बीमा कार्यक्रम बन्द नगर्न सांसद खगराज अधिकारीको माग

    काठमाडौं । एमाले सांसद खगराज अधिकारीले स्वास्थ्य बीमा कार्यक्रम बन्द नगर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारकै कारण स्वास्थ्य बीमा कार्यक्रम जोखिममा परेको बताए ।

    उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रमबाट ११ अर्ब संकलन भएको छ । यसलाई अहिले अप्ठेरो अवस्थामा पुर्याइएको छ । सम्पूर्ण सरकारी अस्पताल र प्रतिष्ठान यो सेवा बन्द गर्ने अवस्थामा पुगेका छन् ।

    ‘के ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकको हुर्मत लिन लागेको हो ?’ अधिकारीले प्रश्न गरे । उनले एक मात्र समाजवाद उन्मुख कार्यक्रम स्वास्थ्य बीमा कोल्याप्स पार्न लागेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘स्वास्थ्य बीमा कोल्याप्स गर्न पाइन्न ।’

    एचआईभी एड्स संक्रमित, ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्न खोजिएको भन्दै उनले सभामुखमार्फत सरकारलाई रूलिङ गर्नुपर्ने माग गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij