Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

नेसपाका अध्यक्षद्वय र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा छलफल जारी

नेसपाका अध्यक्षद्वय र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा छलफल जारी

  • 711
    SHARES
  • नेसपाका अध्यक्षद्वय  र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा छलफल जारी

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई, महेन्द्र यादव र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएकाे छ ।

    डा.भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले अध्यक्षद्वय डा.भट्टराई, यादव र प्रधानमन्त्रीबीच बालुवाटारमा छलफल जारी रहेको जानकारी दिए ।

    पाण्डेको भनाइमा अध्यक्षद्वय र प्रधानमन्त्रीबीच समसामयिक राजनीतिक, गठबन्धन, चुनावी तालमेललगायतका विषयमा छलफल भइरहेको छ ।

    जनता समाजवादी पार्टी, नेपाल (जसपा) टुक्रिएर नेसपा बनेको हो ।

    नेसपा गठबन्धनभित्रै रहेकाले आगामी ४ मंसिरमा हुने संसदीय चुनावमा पनि गठबन्धनबाटै भाग लिने नेसपाका नेताहरूले बताउँदै आएका छन् ।

    प्रधानमन्त्री देउवा र नेसपा अध्यक्षद्वयबीचको छलफल सकारात्मक प्रधानमन्त्री देउवा र नेसपा अध्यक्षद्वयबीचको छलफल सकारात्मक

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij