Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

मतदानस्थल थप गर्न सिफारिस

मतदानस्थल थप गर्न सिफारिस

  • 342
    SHARES
  • मतदानस्थल थप गर्न सिफारिस

    दार्चुला । आगामी संघीय तथा प्रदेश निर्वाचनका लागि जिल्लामा दुई मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदान स्थल थप गर्न सिफारिस गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा बसेको बैठकले अपिहिमाल गाउँपालिका-३ को सुर्मा भवानी आधारभूत विद्यालय थुम्ती र लेकम गाउँपालिका-४ को तमैराज आधारभूत विद्यालय झलातीमा केन्द्र थप गर्न सिफारिस गरेको हो ।

    जिल्लाभरि ४ मतदानस्थल थप गर्न निवेदन आएको भएपनि प्रक्रिया नमिल्दा दुई मात्र थपका लागि सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीले जानकारी दिए ।यसका लागि सिफारिस गरिएको मतदानस्थलसँगै जिल्लामा १ सय १२ मतदानस्थल हुनेछन् ।

    यस्तै गत आर्थिक वर्षसम्म जिल्लामा ८९ हजार ३ सय ८२ मतदाता पुगेका छन् । गत स्थानीय तह निर्वाचनमा ८८ हजार २ सय ८५  मतदाता थिए । अहिले पनि निरन्तर मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम जारी छ । अहिले जिल्ला प्रशासन कार्यालयमै मतदाता नामावली दर्ताक्रम जारीछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij