Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कर्णाली स्वास्थ्य प्रतिष्ठानमा डायलासिस सेवा 

कर्णाली स्वास्थ्य प्रतिष्ठानमा डायलासिस सेवा 

  • 429
    SHARES
  • कर्णाली स्वास्थ्य प्रतिष्ठानमा डायलासिस सेवा 

    जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब डायलासिस सेवा सञ्चालन गर्ने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डायलासिस उपकरण (मेसिन) उपलब्ध गराएपछि उक्त सेवा सुरु हुन लागेको हो ।

    प्रतिष्ठानका निर्देशक डा.राजीव शाहका अनुसार २०६८ मा स्थापना भएको प्रतिष्ठानमा मिर्गौला रोगीको उपचार डायलायसिस सेवा दिने गरेको थिएन । मन्त्रालयले प्रतिष्ठानलाई ५ सेट डायलायसिस उपकरण उपलब्ध गराएपछि सेवा सञ्चालन गर्न लागिएको हो ।

    उनले भने, ‘अस्पतालमा मिर्गौला रोगी आउने गरेका थिए तर उपकरण नहुँदा सेवा दिन सकेका थिएनौं । अब जुम्ला अस्पतालमै यो समस्या समाधान हुने भएको छ ।’

    अस्पतालले आकस्मिक सेवा, बहिरंग सेवा, अन्तरंग सेवा, शल्यक्रिया सेवा, प्रसूति सेवा, ब्लड बैंक, समुदायमा स्वास्थ्य सेवा, विस्तारित सेवा, एम्बुलेन्स सेवा र टेलिमेडिसिन सेवा दिँदै आएको प्रतिष्ठानले जनाएको छ ।

    यस्तै मन्त्रालयले कर्णाली प्रदेशको सुर्खेतस्थित प्रदेश अस्पताललाई पनि चार थान डायलायसिस उपकरण उपलब्ध गराएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij