सना । संयुक्त राष्ट्र संघका मानवतावादी अभियानका प्रमुख मार्क लाेककले युद्ध प्रभावित देश यमनको अवस्था अत्यन्तै बिग्रिँदै गएको बताएका छन् । यदि संयुक्त राष्ट्र संघसँग माग गरिएको ३.८५ अर्ब डलरको सहायता नपाए यमनको हालत अझै बिग्रिने लोककले बताएका छन् ।
खाडी देशहरु विशेष गरी साउदी अरब र युएईले सन् २०१८ र २०१९ मा यमनमा मानवीय सहायता प्रदान गरेका थिए तर पछि यी देशले सहयोगमा कटौती गरे ।
उनका अनुसार सन् २०२० मा प्रति महिना ९० लाख मानिसका लागि खाद्यपदार्थ र अन्य मानवीय सहायता प्रदान गरिरहेको थियाे तर २०१९ मा यो सहयोग एक करोड ३० लाखदेखि एक करोड ४० लाख व्यक्तिलाई प्रतिमहिना उपलब्ध गराइएको थियो । पछिल्लो वर्षमा ४० लाख मानिसलाई खाद्यान्न अभाव भएको छ ।
यमनमा सन् २०१४ देखि इरान समर्थित हुथी विद्रोहीले यमनको राजधानी सना र देशको उत्तरी इलाका कब्जा गरेका थिए । त्यस यता यमन युद्धबाट नराम्राेसँग प्रभावित भएकाे छ । लोककले यमनमा मानवीय सहायता जुटाउन विभिन्न देशका विदेश मन्त्रीसहित उच्च स्तरीय प्रतिनिधि सहभागी हुने गरी चौथो सम्मेलन गर्ने तयारी गरेको बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij