Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सर्लाहीमा युवकको शव फेला

सर्लाहीमा युवकको शव फेला

  • 359
    SHARES
  • सर्लाहीमा युवकको शव फेला

    काठमाडौं । सर्लाहीको हरिपूर्वामा एकजना युवकको शव फेला परेको छ । हरिपूर्वा नगरपालिका-३ धनकौल टोल बस्ने रामसोगारथ रायका १८ वर्षीय छोरा सुशीलकुमार रायको शव फेला परेकाे हाे ।

    सुशीलको शव सोमबार बिहान गाउँकै आधारभूत विद्यालय धनकौलको चर्पी निर्माणका लागि खनिएको खाल्डोमा फेला परेको प्रहरीले जनाएको छ । धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।

    प्रहरीले घटनाबारे अध्ययन भइरहेको जनाएको छ । भारतमा मजदुरी गर्ने सुशील केही दिनअघि मात्रै नेपाल आएका थिए । गत शुक्रबारदेखि उनी घरबाट बेपत्ता भए पनि परिवारले प्रहरीलाई खबर गरेको थिएन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij