वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीले नेपालमा भएका सम्पूर्ण प्राकृतिक स्रोतसाधनको समुचित प्रयोग हुन नसकेको बताएका छन् । उनले नेपालको जलस्रोतलाई उर्जासँग मात्र जोडेर हेर्न नहुने बताए ।
डा. द्वावारिकानाथ ढुंगेलको पुस्तक ‘चक्रब्यूहमा नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् । राष्ट्रहित अनुकुल हुँदै यी साधान स्रोतको प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली सत्ताहितको लागि राष्ट्रहितलाई तिलाञ्जली दिने प्रवृत्ति देखिएको बताए । उनले कार्यक्रममा पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले राष्ट्रहितमा देखाएको र चालेको कदमको प्रशंसासमेत गरेका थिए ।
कार्यक्रममा उनले पुस्तकले नेपालको जलस्रोतलाई उर्जासँग मात्रै नजोडेर विश्वभर खानेपानी आपुर्तिको रूपमा पनि व्याख्या हुनुपर्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij