Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गर्याे : शंकर पोखरेल

सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गर्याे : शंकर पोखरेल

  • 384
    SHARES
  • सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गर्याे : शंकर पोखरेल

    काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले गठबन्धनको सरकारले देशको हितविपरीत नागरिकता विधेकय पास गरिएको आरोप लगाएका छन् ।

    एमालेले सोमबार महंगी र भ्रष्टाचारको विरोधमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाएका हुन् ।

    नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशको हित विपरीतको व्यवस्था गरेकोमा एमालेको आपत्ति रहेको उनको भनाइ छ ।

    अंगीकृत नागरिकताका हकमा नेपाल र भारतमा समान कानुनी व्यवस्था हुनुपर्ने उनले बताए । मुलुकको अर्थतन्त्र ओरालो यात्रामा रहेको बताएका महासचिव पोखरेलले सबै आर्थिक सूचक नकारात्मक रहेका जानकारी दिए ।

    o.jpg

    ;.jpg

    l.jpg

    k.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij