Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

हिरासतमा रहेकी महिलालाई कोठामा लैजाने असईविरूद्ध बलात्कार मुद्दा दर्ता

हिरासतमा रहेकी महिलालाई कोठामा लैजाने असईविरूद्ध बलात्कार मुद्दा दर्ता

  • 443
    SHARES
  • हिरासतमा रहेकी महिलालाई कोठामा लैजाने असईविरूद्ध बलात्कार मुद्दा दर्ता

    काठमाडौं । इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईविरूद्ध बलात्कार मुद्दा दर्ता भएको छ । शनिबार पीडित महिलाले जिल्ला प्रहरी कार्यालय नेपालगन्ज पुगेर असई चौलागाईविरूद्ध बलात्कार मुद्दा दर्ता गराएकी हुन् ।

    गत साउन ११ गते बहुबिवाह मुद्दामा पक्राउ परेपछि इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा राखिएकी ती महिलालाई शुक्रबार बिहान २ बजे (मध्यराति) असई चौलागाईले आफ्नो कोठमा लगेर यौन बलात्कार गरेको ती महिलाकाे आरोप छ । घटना लगत्तै असई चौलागाईलाई पक्राउ गरिएकाे थियाे ।

    चौलागाईले डिउटीका प्रहरीलाई भनेर ती महिलालाई मध्यरातमा सोधपुछको वहाना बनाई आफ्नो कोठामा लगेका थिए । त्यो सबै नियालीरहेका हिरासतका अन्य व्यक्तिले मध्यरातमै होहल्ला गर्दै घटनाको बिरोध गरेका थिए ।

    असई चौलागाईंलाई थुनामा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij