Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

विभिन्न स्थानमा डुबेर तीनजनाको मृत्यु

विभिन्न स्थानमा डुबेर तीनजनाको मृत्यु

  • 443
    SHARES
  • विभिन्न स्थानमा डुबेर तीनजनाको मृत्यु

    काठमाडौं । मोरङ, सिरहा र सुनसरीमा डुबेर तीनजनाको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका-९ बस्ने लेखराज राईको २६ महिनाको छोरा हिटलर राईको आफ्नै घर नजिकै पानीको पैनीमा डुबेर बिहीबार मृत्यु भएको छ ।

    डुबेर असक्त भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सिरहाको भगवानपुर गाउँपालिका-४ बस्ने अजय यादवकी छोरी १६ महिनाकी रोशनी कुमारी यादवको बिहीबार डुबेर मृत्यु भएको छ ।

    सखुवान्नाकट्टी गाउँपालिका-२ पटना टोलस्थित मामा घरमा खेल्ने क्रममा घर नजिकै पोखरीमा डुब्दा उनको मृत्यु भएको हो । सुनसरीको बर्जु गाउँपालिका-६ टपरा टोल बस्ने बिनोद यादवको छोरा १५ वर्षीय राज भन्ने अजय यादवको बिहीबार डुबेर मृत्यु भएको छ ।

    सोही ठाउँस्थित भैँसी चराउने क्रममा बुढी खोलामा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij