वेबटिभी खबर
डोटी । बोगटान फुडसिल गाउँपालिकाको वडा नं-१ मा पर्ने राष्ट्रिय वन क्षेत्रमा बनाइएका घर टहरा हटाउन वन कार्यालयले निर्देशन दिएको छ ।
चनुडाँडा सव डिभिजन वन कार्यालयले आज एक सूचना प्रकाहित गर्दै सरकारी वन क्षेत्रमा बनाइएका घरटहरा हटाउन निर्देशन दिएको हो ।
कार्यालयले वन अतिक्रमण गरी बनाइएका घरटहरा १५ दिनभित्र नहटाए सुरक्षाकर्मी लगाइ बलपूर्वक हटाइने जनाएको छ । घरटहरा हटाउन अटेरी गरे वन ऐन, २०७६ बमोजिम कारवाही गरिने चेतावनीसमेत वन कार्यालयले दिएको छ ।
जिल्लाका विभिन्न ठाउँमा सरकारी वन अतिक्रमण गरी अस्थायी तथा स्थायी घरटहरा निर्माण भइरहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij