वेबटिभी खबर
काठमाडौं । सुनसरी, नवलपरासी (पूर्व), प्युठान र धादिङमा ४ जना मृत फेला परेका छन् ।
सुनसरीको देवानगन्ज गाउँपालिका-२ यादव टोल बस्ने ३३ वर्षीया सविता यादव सुतेकै ठाउँमा बुधबार मृत फेला परेकी छन् ।
नवलपरासी (पूर्व)को विनयी त्रिवेणी गाउँपालिका-७ स्थित नहरमा हाल पहिचान नखुलेकी अन्दाजी २० वर्षीया महिला मंगलबार मृत फेला परेकी छन् ।
प्युठानको सरुमारानी गाउँपालिका-६ गोधधारास्थित गोधधारा जंगलको भिरमा हाल पहिचान नखुलेका पुरुषको शव सडिगलेको मंगलबार फेला परेको छ ।
धादिङको सिद्धलेक गाउँपालिका-६ खरमटारस्थित त्रिशुली नदीमा पहिचान नखुलेकी करिब ४० वर्षीया महिला मंगलबार मृत फेला परेकी छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij