वेबटिभी खबर
काठमाडौं । दाङको राप्ती गाउँपालिका-५ स्थित स्टार समिट बोडिङ स्कुलमा अध्यनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन् ।
५ वर्षीया छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ५० वर्षीय शिक्षक श्यामलाल चौधरीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बालिकाले नुहाउने क्रममा शिक्षकले गरेको दुर्व्यबहार बारेमा अभिभावकलाई बताएपछि उक्त घटना बाहिर आएको हो ।
सोमबार पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा शिक्षक चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
घटनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij