वेबटिभी खबर
काठमाडौं । सप्तरी खडक नगरपालिका वडानम्बर ११ लालपुर मण्डल टोलको एक जनाको करेन्ट लागेर सोमबार मृत्यु भएको छ ।
मृत्यु हुनेमाल स्थानीय ६० वर्षीय शत्रहन खङ्ग (मण्डल) रहेका छन् । खेतमा सिँचाइ गर्नका लागि जडित मोटर खोल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको स्थानीयले बताए ।
मण्डलको शवको प्रहरीले मुचुल्का उठाई अनुसन्धान गरिरहेको वडासदस्य राजकुमार साहले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij