Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

शिक्षकलाई मात्रै दोष दिएर शिक्षा सप्रिँदैन : शिक्षामन्त्री पौडेल

शिक्षकलाई मात्रै दोष दिएर शिक्षा सप्रिँदैन : शिक्षामन्त्री पौडेल

  • 2.7K
    SHARES
  • शिक्षकलाई मात्रै दोष दिएर शिक्षा सप्रिँदैन : शिक्षामन्त्री पौडेल

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई मात्रै दोष दिएर शिक्षा नसप्रिँने बताएका छन् । शिक्षा क्षेत्रको समग्र अवस्थाबारे शिलापत्र अनलाइन पत्रिकालाई अन्तर्वार्ता दिँदै मन्त्री पौडेलले शिक्षकलाई मात्रै दोष दिन नहुने बताएका हुन् । 

    ‘अहिले जो शिक्षकहरू विद्यालयमा हुनुहुन्छ, उनीहरूलाई दोष मात्रै लगाएर शिक्षा सप्रिँदैन । कि अर्को शिक्षा ल्याउन सक्नुपर्‍यो हामीले । त्यो प्रणाली हामीसँग छैन । अहिले सुधार्ने भनेर ती शिक्षकहरूलाई प्रोत्साहन गर्ने, तालिम दिने, विज्ञले पनि सकारात्मक रूपमा विद्यालयहरूमा ज्ञान बाँडे विद्यालय सुधारिन्छ,’ शिक्षामन्त्रीले अन्तर्वार्तामा भनेका छन् । 

    सामुदायिक अति राजनीतिकरण भयो, शिक्षकशिक्षिकाहरू पठनपाठनभन्दा बढी राजनीतिमा संलग्न भए भन्ने प्रश्नको उत्तर दिंदै मन्त्री पौडेलले शिक्षकहरू अलिअलि राजनीतिमा सक्रिय हुनेकै विद्यालयहरू राम्रा (गुणस्तरीय शिक्षा दिने) भएको दाबी गरे ।

    ‘राजनीतिमा कहीँ न कहीँ आस्था हुन्छ । विश्वविद्यालयमा कोही गोल्ड मेडलिस्ट भयो भने तेरो विगत राजनीतिमा भएको भनेर मेडल दिन सक्दैनौ भन्न मिल्छ र ? तपाईंले हेर्नुभयो भने अलिअलि राजनीतिमा सक्रिय हुनेकै विद्यालयहरू राम्रा छन् ।,’ उनले भनेका छन्, ‘सङ्गठनमा बस्ने साथीहरूले झन् मिहिनेत गरेर विद्यालय बनाउनुभएको छ । म उदाहरण चाहियो भने दिन्छु । राजनीतिमा अनावश्यक रूपमा सक्रिय भएर आफ्नो मात्रै अधिकारको कुरा गर्ने प्रसङ्गमा विज्ञले भनेको कुरामा म सहमत छु । तर, राजनीतिका कारणले मात्रै शिक्षा बिग्रिएको भन्नु दोष लगाउने ठाउँ हो ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij