Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कर्णालीकै ठूलो जात्राको तयारी पूरा 

कर्णालीकै ठूलो जात्राको तयारी पूरा 

  • 431
    SHARES
  • कर्णालीकै ठूलो जात्राको तयारी पूरा 

    काठमाडौं । कर्णालीकै लामो तथा ठूलो जात्राको तयारी पूरा भएको छ । जुम्लामा बसोबास गर्ने नेवार समुदायकाे प्रमुख पर्वको रूपमा रहेको यस जात्रा कृष्णमान श्रेष्ठ र पूर्णमान श्रेष्ठले सुरू गरेकाे इतिहासले बताउँछ ।

    नेवार समुदायको प्रमुख पर्व भए पनि पछिल्लो समय जात्राप्रतिको मोह अन्य समुदायका जुम्लीहरूमा बढ्दै गएको जात्रा समितिका कोषाध्यक्ष महेन्द्र कार्कीले बताए । जात्रा साउन १० गतेबाट विधिवत रूपमा सुरु गरिने भएको छ ।

    नेवार समुदायले मनाउने जात्रामा पछिल्लो समय ब्राह्मण, क्षेत्री, बौद्ध धर्मावलम्बी र दलित समुदायको पनि सहभागिता हुन थालेको छ । समग्र कर्णालीको ऐतिहासिकता झल्काउने अवसरको रूपमा जात्रालाई  ब्यवस्थित रूपमा संञ्चालन गर्नका लागि  सबैको साथसहयोग आवश्यक रहेको समितिकाे भनाइ छ ।

    जात्राको लागि पहिलो उठाइने शुल्क स्वेछिक बनाइएको छ । यसको लागि आर्थिक समितिमा उत्तम श्रेष्ठ रहेको जात्रा समितिका अध्यक्ष रमेश क्षेष्ठले बताए ।

    संरक्षण समितिका अध्यक्ष चित्रलाल श्रेष्ठ रहेका छन् । जुम्लाको जात्रा सफल पार्नका लागि २९ जनाको समिति बनाइएको छ ।  बजा समितिका संयोजक हरिपरियारलाई राखिएको छ ।

    जात्रामा करिब सात लाख खर्च लाग्ने अनुमान गरिएको छ । यसको लागि जुम्लाका सबै स्थानीयतहमा आवश्यक पहल भइरहेको कोषाध्यक्ष कार्कीले बताए । कर्णालीमा मनाइने गाईजात्राको ऐतिहासिक महत्व छ । वर्षको एक पटक आउने जुम्लाको जात्रा हेर्न बाहिरी जिल्लाबाट समेत सर्वसाधारण सहभागी हुने गरेको उनीहरूकाे भनाइ छ  ।

    गाइजात्रा, रोपाई जात्रा, पल्टन जात्रा ,मिम वास्सा, फौजी व्यारेक, साधु सन्त, खस धामी झाँक्री लगायतका विभिन्न प्रकारका नाचहरू हास्यव्यंग्यात्मक शैलीमा प्रस्तुत गरिने समितिले जनाएकाे छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij