वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा दुईजना काेराेना संक्रमितकाे निधन भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुईजना संक्रमितकाे निधन भएकाे हाे ।
त्यसैगरी पछिल्लाे २४ घण्टामा ३४७ जनामा संक्रमण पुष्टि भएको छ । ३ हजार ८८८ जनाको परीक्षण गर्दा ३४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।
यो अवधिमा ९५ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ३ हजार १७७ जना सक्रिय संक्रमित रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij