Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

इनारमा शव फेला

इनारमा शव फेला

  • 297
    SHARES
  • इनारमा शव फेला

    काठमाडौं । सिरहाको गोलबजारमा इनारमा डुवेको अवस्थामा एक पुरूषको शव फेला परेको छ ।

    उक्त शव गोलबजार नगरपालिका-९ डण्डाका ४५ वर्षीय रामजतन पासवानको हुन सक्ने आशंका स्थानीयले गरेका छन् ।

    पासवान हिजो बेलुकादेखि हराइरहेको र उनको चप्पल र गञ्जी इनार नजिकै फेला परेको प्रहरीले बताएको छ ।

    शनिबार बिहान उनको गञ्जी र चप्पल भेटिएको आधारमा इनारको पानी फालिएको थियो ।

    यही क्रममा शव पनि देखिएको हो । प्रहरी र सेनाले शव निकाल्ने प्रयास गरे पनि नसकेपछि इटहरीबाट गोताखोर टोली ल्याएर निकाल्ने कोसिस भइरहेको छ ।

    इनारमा अक्सिजनको मात्रा कम भएकाले निकाल्न नसकिएको स्थानीयको भनाइ छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij