Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

भीमदत्तलाई कांग्रेसले कहिल्यै सहिद मानेन : ओली

भीमदत्तलाई कांग्रेसले कहिल्यै सहिद मानेन : ओली

  • 379
    SHARES
  • भीमदत्तलाई कांग्रेसले कहिल्यै सहिद मानेन : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाईमा सहभागी भएका सहिदहरुलाई सम्मान दिन नसकेको आरोप लगाएका छन् ।

    ४४ औं पुष्पलाल जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले कांग्रेस माथी सो आरोप लगाएका हुन् ।

    उनले भने, ‘नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाईंमा शहीद भएकाहरुलाई उचित सम्मान दिन कहिल्यै सकेको छैन । भीमदत्त पन्तलगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको देख्दा अझै पनि मेरो शरीर सिरिङ्ग हुने गरेको छ ।’

    एमाले अध्यक्ष ओलीले नेपाल कम्युनिस्ट आन्दोलनमा पुष्पलालले पुर्याएको योगदानको चर्चा गरेका छन् । पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणा पत्र अनुवाद गरेर गाउँगाउँ पुर्याएको स्मरण गर्दै ओलीले अग्रजहरूले देखाएको बाटोबाट बिचलित नहुने प्रणसमेत गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij