Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

विभिन्न स्थानमा तीनजना मृत फेला

विभिन्न स्थानमा तीनजना मृत फेला

  • 345
    SHARES
  • विभिन्न स्थानमा तीनजना मृत फेला

    काठमाडौं । काठमाडौं, कास्की र बाजुरामा तीन जना मृत फेला परेका छन् ।

    काठमाडौंको बूढानिलकण्ठ नगरपालिका-३ बूढानिलकण्ठ मन्दिर नजिकै सडक पेटीमा ३७ वर्षीय सम्राट नगरकोटी बिहीबार मृत फेला परेका छन् ।

    उनी सोही मन्दिर परिसरमा बिगत केही महिना अगाडिदेखि बस्दै आएका थिए ।

    कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जास्थित मानव सेवा आश्रममा ५२ वर्षीय राम बहादुर गुरुङ बिहीबार मृत फेला परेका छन् ।

    रूपा गाउँपालिका-६ रुपाकोट घर भएका गुरुङ २०७८ पुस २८ गतेदेखि उक्त आश्रममा बस्दै आएका थिए ।

    बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-२ बालुवास्थित कर्णाली नदीको किनारमा हाल पहिचान नखुलेका पुरुष बिहीबार मृत फेला परेका छन् ।

    तीनवटै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # मृत फेला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij