Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

पृथ्वी राजमार्गमा बस र माइक्राे ठोक्किँदा १६ जना घाइते

पृथ्वी राजमार्गमा बस र माइक्राे ठोक्किँदा १६ जना घाइते

  • 418
    SHARES
  • पृथ्वी राजमार्गमा बस र माइक्राे ठोक्किँदा १६ जना घाइते

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चुम्लिङटारमा बस र माइक्रो एक आपसमा ठोक्किँदा १६ जना घाइते भएका छन् ।

    काठमाडौंबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ३५०२ नम्बरको माइक्रो बस इच्छाकामना गाउँपालिका-३ मा एक आपसमा ठोक्किँएका हुन् ।

    दुबै सवारी साधनमा सवार यात्रुहरूको उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा लगिएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने माइक्रोका चालक घाइते भएका छन् ।

    घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीले जानकारी दिए । उक्त दुर्घटना आज साँझ करिब साढे ५ बजे भएकाे प्रहरीले जनाएकाे छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij