Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

दन्त मन्जन र ब्रसको गुणस्तर अनुगमन गर्न माग

दन्त मन्जन र ब्रसको गुणस्तर अनुगमन गर्न माग

  • 540
    SHARES
  • दन्त मन्जन र ब्रसको गुणस्तर अनुगमन गर्न माग

    काठमाडौं । नेपाल डेन्टल साइन्स हाइजीनिस्ट एशोसीयसनका प्रतिनिधीहरूले दन्त मन्जन र ब्रसको गुणस्तर अनुगमन गर्न माग गरेका छन् ।

    उनीहरूले बिहीबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई भेटेर तीन बुँदे मागपत्र पेससमेत गरेका छन् ।

    एशोसियशन अध्यक्ष माइकल देवकोटासहितको टोलीले राज्यमन्त्री केसीलाई भेटेर मागपत्र बुझाएकाे हाे ।

    संघले दैनिक प्रयोग हुने दन्त मन्जन र ब्रसको गुणस्तर यसको अनुगमन हुनुपर्ने, डेन्टलमा प्रयोग हुने औषधि डेन्टल कच्चापदार्थहरूको गुणस्तर र अनुगमन व्यवस्थापन हुनुपर्ने माग गरेकाे छ ।

    डेन्टलमा प्रयोग हुने औषधिजन्य वस्तुहरूको  गुणस्तर र अनुगमन हुनुपर्ने माग राखिएको संघका अध्यक्ष देवकोटाले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij