Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

करेन्ट लागेर दुई जनाको मृत्यु 

करेन्ट लागेर दुई जनाको मृत्यु 

  • 514
    SHARES
  • करेन्ट लागेर दुई जनाको मृत्यु 

    काठमाडौं । तनहुँ र मकवानपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

    तनहुँको भिमाद नगरपालिका–५ बस्ने हरिनास गाउँपालिका–१ केक्मी घर भएका २२ वर्षीय गोबिन्द मगरको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । 

    ग्रामिण विद्युतीकरण आयोजना व्यवस्थापन निर्देशनालयको बिजुलीको नयाँ पोलमा तार जडान गर्ने क्रममा करेन्ट लागेर उनी अशक्त भएका थिए । 

    उनको बीपी कोइराला स्वासप्रश्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मकवानपुरको पर्सा जगनाथपुर गाउँपालिका–४ बस्ने २८ वर्षीय नन्दु राम हजाराको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।

    गढी गाउँपालिका–३ बस्ने राम प्रसाद सञ्जेलको घरको छत ढलान गर्ने क्रममा भाइब्रेसन मेसिन चलाउँदा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका  थिए ।

    उनको सन्चो अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij