Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

भारतमा कोरोना संक्रमित दुई करोड नजिक, एक कराेड ६२ लाख संक्रमणमुक्त

भारतमा कोरोना संक्रमित दुई करोड नजिक, एक कराेड ६२ लाख संक्रमणमुक्त

  • 643
    SHARES
  • भारतमा कोरोना संक्रमित दुई करोड नजिक, एक कराेड ६२ लाख संक्रमणमुक्त

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या झन्डै दुई करोड पुगेको छ । त्यहाँ एक करोड ९९ लाख १९ हजार सात सय १५ जना संक्रमित भएका छन् । विश्वमा सबैभन्दा धेरै संक्रमित हुने देशमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ । अमेरिकामा हालसम्म तीन करोड ३८ लाख मानिस भाइरसबाट संक्रमित भइसकेका छन् । 

    भारतमा पछिल्लो दुई दिनमा नयाँ संक्रमितको संख्यामा गिरावट आइरहेको छ । आइतबार त्यहाँ तीन लाख ६९ हजार नौ सय ४२ संक्रमित थपिएका छन् । त्यही अवधिमा दुई लाख ९९ हजार आठ सय मानिस संक्रमणमुक्त भएका छन् ।

    शुक्रबार भारतमा चार लाख दुई हजार १४ जना संक्रमित भएका छन्, यो संख्या शनिबार घटेर तीन लाख ९२ हजार चार सय ५९ थियो ।

    कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन हजार चार सय १७ जनाको मृत्यु भएको छ । भारतमा कोभिड संक्रमणबाट हालसम्म दुई लाख १८ हजार नौ सय ५९ जनाको ज्यान गएको छ । 

    मन्त्रालयका अनुसार भारतमा अझै पनि ३४ लाखभन्दा बढी व्यक्ति सक्रिय संक्रमितको अवस्थामा छन् । गत २४ घण्टामा तीन लाख व्यक्ति संक्रमणमुक्त भएका छन् । यो सहित भारतमा कूल संक्रमितमध्ये १ करोड ६२ लाख संक्रमणमुक्त भएका छन् ।

    भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा हालसम्म २९ करोड नमुना परीक्षण गरिएको छ । आइतबार मात्र भारतमा १५ लाख नमुना परीक्षण गरिएको छ । पछिल्ला दिनमा आक्रामक रुपमा कोभिड खोप अभियान सञ्चालन गरेको भारतमा हालसम्म १५ करोड ७२ लाखलाई खोप दिइएको छ । 

    भारतमा कोभिडको दोस्रो लहरले पूरै देशमा संकटको अवस्था सिर्जना गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस महामारीबाट विश्वभर कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ लाख १६ हजार नाघेको छ । 

    कोभिडको संक्रमणबाट अमेरिकामा पाँच लाख ९१ हजार, ब्राजिलमा चार लाख सात हजार, भारतमा दुई लाख १८ हजार, मेक्सिकोमा दुई लाख १७ हजार, बेलायतमा एक लाख २७ हजार, इटालीमा एक लाख २१ हजार, रसियामा एक लाख १० हजार, फ्रान्समा एक लाखको मृत्यु भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij