Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

मकवानपुरमा कोरोना संक्रमितको मृत्यु

मकवानपुरमा कोरोना संक्रमितको मृत्यु

  • 546
    SHARES
  • मकवानपुरमा कोरोना संक्रमितको मृत्यु

    हेटौंडा । मकवानपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । गए राति हेटौंडा अस्पतालमा एक संक्रमितको मृत्यु भएको अस्पतालको कोभिड वार्डले जानकारी दिएको छ ।

    अस्पतालको कोभिड १९ उपचारकक्षको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा हेटौंडा–१ का ५५ वर्षीय पुरुषको राति साढे ९ बजे मृत्यु भएको हेटौंडा अस्पतालमा प्रमुख डा प्रवीन श्रेष्ठले जानकारी दिए । 

    उनका अनुसार मृतक पुरुषलाई हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै मकवानपुरमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३४ पुगेको छ भने संक्रमण बढ्दो छ ।

    मकवानपुरमा आइतबारमात्रै  २११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij