Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भक्तपुरमा एकजना मृत फेला

भक्तपुरमा एकजना मृत फेला

  • 410
    SHARES
  • भक्तपुरमा एकजना मृत फेला

    काठमाडौं । भक्तपुरमा एकजना वृद्ध मृत फेला परेका छन् । चाँगुनारायण नगरपालिका–२ दुवाकोट फक्सिङटार बस्ने ८४ वर्षीय जगतप्रसाद शिल्पकार शनिबार मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    उनी आफ्नै घरको भुँई तलाको कोठामा मृत फेला परेका हुन् । प्रहरीका अनुसार मृतकको कम्मरदेखि माथिको भाग जलेको छ । अहिले शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाइएको प्रहरीले जनाएको छ ।

    छोराले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान थालेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij