Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

रूसी रकेट हमलाबाट बालबालिकासहित ३ युक्रेनीको मृत्यु

रूसी रकेट हमलाबाट बालबालिकासहित ३ युक्रेनीको मृत्यु

  • 363
    SHARES
  • रूसी रकेट हमलाबाट बालबालिकासहित ३ युक्रेनीको मृत्यु

    एजेन्सी । युक्रेनी शहर डिनिप्रोमा भएको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

    आक्रमणमा कम्तीमा १५ जना घाइते भएका क्षेत्रीय गभर्नर भ्यालेन्टिन रेज्निचेन्कोले जानकारी दिए । मृत्यु हुनेमा बालबालिका पनि छन् ।

    रेजिन्चेन्कोले भने, ‘रकेटहरू एक औद्योगिक प्लान्ट र यसको छेउमा रहेको व्यस्त सडकमा प्रहार भएको छ ।’

    रुसी आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । क्षतिको विवरण संकलन भइरहेको उनले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij