Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

स्वास्थ्य राज्यमन्त्री केसीद्वारा आयुर्वेद अनुसन्धान केन्द्र र नेशनल प्याथ ल्याबको निरिक्षण

स्वास्थ्य राज्यमन्त्री केसीद्वारा आयुर्वेद अनुसन्धान केन्द्र र नेशनल प्याथ ल्याबको निरिक्षण

  • 672
    SHARES
  • स्वास्थ्य राज्यमन्त्री केसीद्वारा आयुर्वेद अनुसन्धान केन्द्र र नेशनल प्याथ ल्याबको निरिक्षण

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले किर्तीपुरस्थित आयुर्वेद अनुसन्धान केन्द्र र महाराजगञ्जस्थित नेशनल प्याथ ल्याबको निरीक्षण गरेका छन् ।

    शुक्रबार स्वास्थ्य राज्यमन्त्री केसीले आयुर्वेद अनुसन्धान केन्द्र र नेशनल प्याथ ल्याबको अनुगमन गरेका हुन् । आयुर्वेद अनुसन्धान केन्द्रको निरीक्षणका क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले अनुसन्धान केन्द्रको बृहत् विकासका लागि आफू संवेदनशील भएको बताए ।

    उनले नेपालमा पाइने जडीवुटीबारे अध्ययन, त्यसको प्रशोधन र अनुसन्धानबारे केन्द्रले काम गर्दै आएको भन्दै प्रशंसा गरे । मन्त्री केसीले भने, अनुसन्धानका लागि पर्याप्त बजेट नछुट्याएको विषय प्रति सजग छौँ । धेरै जसो कर्मचारीहरू करारमा हुनुहुँदो रहेछ । यस विषयलाई मैले गम्भिर रूपमा लिएको छुँ ।’

    उनले नेपालमा उत्पादन भएका करोडौँ रूपैयाँका जडीबुटी विदेश देश निर्यात भइरहेको भन्दै उत्पादन भएका जडीबुटीको अध्ययन अनुसन्धान हुन जरूरी रहेको बताए ।

    त्यस्तै नेशनल प्याथ ल्याबको अनुगमनका क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले मापदण्ड नपुगेको ल्याबले सेवा दिँदा गुणस्तरियता र स्वास्थ्य संवेदनशीलतामा प्रश्न उठ्ने बताए ।

    उनले भने, ‘अहिलेपनि केहि प्रयोगशालाहरू मापदण्डभित्र नरहेको पाइएको छ । मापदण्डमा रहि प्रकृयाभित्र रहेर सञ्चालनमा ल्याउन आग्रह गर्छो । नत्र भने कारबाहि गर्नुको विकल्प छैन ।’

    सरकारी अस्पतालहरूले परीक्षणका नाममा निजी प्रयोगशालामा पठाउने जनगुनासो आएको भन्दै यसको नियमन आवश्यक रहेको बताए । स्वास्थ्य प्रयोगशाला स्थापना सञ्चालन मापदण्ड सम्बन्धी निर्देशीका-२०७३ जारी भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij