Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एन्जल्स एसईई कप बास्केटबल भोलिदेखि

एन्जल्स एसईई कप बास्केटबल भोलिदेखि

  • 416
    SHARES
  • एन्जल्स एसईई कप बास्केटबल भोलिदेखि

    काठमाडौं । एन्जल्स हार्ट मावि-कलेजको संयुक्त आयोजनामा प्रथम एन्जल्स एसईई कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

    प्रतियोगितामा ६४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले जनाएका छन् । विजेताले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

    सेमिफाइनलमा रोकिने टिमलाई पनि नगद पुरस्कार छ । त्यस्तै पहिलो हुनेलाई १०० प्रतिशत र दोस्रोलाई ७५ प्रतिशत छात्रवृत्ति एन्जल्स हार्टमा प्रदान गरिने छ ।

    सेमिफाइनलिस्ट र सहभागी टिमलाई पनि ३० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने एन्जल्स हार्ट एजुकेसन फाउन्डसेन प्रा.लिका अध्यक्ष लिलबहादुर पुनले जानकारी गराए ।

    आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब एक लाख ६ हजार रुपैयाँ खर्च हुनेछ ।

    दुईदिने प्रतियोगिताका खेलहरू मनमैजुस्थित एन्जल्स हार्ट स्कुल र एन्जल्स स्पोर्ट्स एकेडेमीको कोर्टमा खेलाइने छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij