Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भारतमा भयावह बन्दै कोरोना संक्रमण, दैनिक नयाँ संक्रमित २० हजारभन्दा बढी

भारतमा भयावह बन्दै कोरोना संक्रमण, दैनिक नयाँ संक्रमित २० हजारभन्दा बढी

  • 492
    SHARES
  • भारतमा भयावह बन्दै कोरोना संक्रमण, दैनिक नयाँ संक्रमित २० हजारभन्दा बढी

    एजेन्सी, मुम्बई । भारतमा लगातार दोस्रो दिन पनि २० हजारभन्दा बढी नयाँ कोराना संक्रमित थपिएका छन् ।

    बितेका २४ घण्टामा २० हजार ३८ नयाँ कोरोना संक्रमित फेला परेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबारको तुलनामा भने केही कम संक्रमित फेला परेको हो । बिहीबार २० हजार एकसय ३९ जना सङ्क्रमित थपिएका थिए । 

    हाल भारतमा एक लाख ३९ हजार ७३ सक्रिय सङ्क्रमित छन् भने कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३७ लाखभन्दा बढी पुगेको छ । बितेको २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४७ जनाको मृत्यु भएको छ । 

    भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको छ । कोरोना संक्रमण पुन फैलिन थालेसँगै भारतमा बुस्टर डोज खोप अभियानलाई तीव्र बनाइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij