Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आईपीओमा पाँच लाखबढीको आवेदन

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आईपीओमा पाँच लाखबढीको आवेदन

  • 319
    SHARES
  • राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आईपीओमा पाँच लाखबढीको आवेदन

    काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आईपीओमा ५८ करोड ५६ लाख ५८ हजार रूपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार बिहीबार बिहान १०ः३० बजेसम्ममा ५ लाख सात हजार ६३७ जनाले ५८ लाख ५६ हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् ।

    यो सर्वसाधारणका लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २.६९ गुणाबढी आवेदन हो । कम्पनीले बुधबार (असार २९ गते)बाट २३ करोड ६६ लाख २४ हजार रूपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्कासन (आईपीओ) बिक्री खुला गरेको हो ।

    कम्पनीले यसअघि स्थानीय बासिन्दालाई जारी गर्दा बिक्री नभएको ३७ हजार ६३२ कित्ता शेयर पनि थप गरेर आईपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये ५ प्रतिशत अर्थात् एक लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ७० हजार ९८८ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

    बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा १ साउनसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    लगानीकर्ताले सी-आस्वाप्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले राप्ती हाइड्रोको आईपीओलाई ‘कियरएनपी इस्यूअर रेटिङ बी’प्रदान गरेको छ ।

    जसले कम्पनीको दायित्वबहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यो आईपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

  • सम्बन्धित विषय:

  • # आईपीओ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij