वेबटिभी खबर
काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले असार ३० गते बिहीबार आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले असार २० गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा १९ करोड ५७ लाख ५० हजार रूपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।
उक्त आईपीओका लागि १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार ७९१ जनाको आवेदन रद्द भएको छ ।
मागभन्दा बढी आवेदन परेकोले स्वीकृत भएका आवेदकमध्ये धितोपत्र निष्काशन तथा बाँडफाँट नियमावलीअनुसार १ लाख ८२ हजार ४७ आवेदकलाई गोलाप्रथाबाट १० कित्ताका दरले सेयर बाँडफाँट भएको छ ।
यसरी बाँडफाँट गरेर बाँकी रहेको ५ कित्ता सेयर सोहीमध्ये १० कित्ताभन्दा बढीको लागि आवेदन दिने ५ जनाले थप एक कित्ताका दरले शेयर पाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij