Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित

सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित

  • 479
    SHARES
  • सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित

    काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बुधबार बसेको दोस्रो बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट बहुमतले पारित भएको छ । बजेट माथिको छलफल सकिएपछि बुधबारराति ८ः४५ बजे बसेको दोस्रो बैठकबाट बजेट पारित गरिएको हो ।

    आर्थिक मामिला मन्त्री प्रकाश रावलले बैठकमा छुट्टाछुट्टै आव २०७९/०८० को बजेटसँग सम्बन्धित सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।

    यसअघि बजेटको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री रावलले बजेटका विषयमा आएका गुनासालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    बजेटका बारेमा प्रदेशसभा सदस्यले गरेको असन्तुष्टिका कारण सदन सञ्चालन अबरूद्ध भइरहँदा बुधबार प्रदेश सरकार र प्रतिपक्षी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच लिखित सहमति भएसँगै बजेट माथिको छलफल सुरु भएको थियो ।

    सरकारले गत असार १ गते प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट पेस गरेको थियो । 

    बुधबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले डडेलधुरा जिल्ला प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले पदबाट राजीनामा दिएकाले नेपालको संविधान र सुदूरपश्चिम प्रदेशसभा नियमावलीबमोजिम उक्त प्रदेशसभा सदस्य रिक्त रहेको व्यहोरा सदनलाई जानकारी गराएका थिए ।

    नेपाली कांग्रेस पार्टीले कारबाही गरेको अवस्थामा नैतिकताका आधारमा प्रदेशसभा सदस्य पदमा बसिरहन नमिल्ने भनी उनले राजीनामा स्वीकृत गराउने व्यवस्था गरिदिन सभामुखसमक्ष गत असार १३ गते राजीनामा पत्र पेस गरेका थिए ।

    विसं २०७४ मा सुदूरपश्चिम प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसको तर्फबाट मल्लसहित चार जना निर्वाचित भएका थिए । मल्लको राजीनामासँगै प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित कांग्रेसका प्रदेशसभामा अब ११ सदस्य छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij