वेबटिभी खबर
काठमाडौं । सप्तरी डाक्नेश्वरी नगरपालिका वडानम्बर-५ मुसहरी टोलका एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीया रामउदगार सदा रहेका छन् ।
घरबाट तेल लिन निस्केका सदाको शव पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
स्थानीयले पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा देखेपछि शवलाई पोखरीबाट बाहिर निकालेर प्रहरीलाई खबर गरेका थिए ।
पोखरीमा डुब्नुअघि सदाले मादक पदार्थ सेवन गरेको पाइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता काफ्लेले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij