वेबटिभी खबर
काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा पैसाको खोला बग्ने गरेको बताएका छन् । शनिबार भक्तपुरको सानोठिमीमा आयोजित संघीय नमूना युवा संसद अभ्यास कार्यक्रममा उनले निर्वाचनमा पैसाको खोला बग्ने बताएका हुन्।
उनले भने, ‘चुनावमा देखिने विकृति, विसंगतिहरू अब सबभन्दा डर लाग्दो कुरा त तपाईहरूले पनि थाहा पाइराख्नु भएको छ । यति धेरै पैसाको खोलो बग्छ चुनावको बेलामा । त्यो भनि साध्य छैन ।’
असल, इमानदार कार्यकर्ताले लड्न गाह्रो हुने अवस्था आएको उनको भनाइ छ । सभामुख सापकोटाले यस्ता विकृति तथा विसंगतिको अन्त्य गर्न अभियान नै सञ्चालन गर्न युवाहरूलाई आग्रह गरेका छन् ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था देखिएको उनले बताए । उनले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी अभियान सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij