Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कर्णालीका ५ जिल्लाका कारागार जीर्ण, कैदीबन्दीलाई समस्या

कर्णालीका ५ जिल्लाका कारागार जीर्ण, कैदीबन्दीलाई समस्या

  • 368
    SHARES
  • कर्णालीका ५ जिल्लाका कारागार जीर्ण, कैदीबन्दीलाई समस्या

    काठमाडौं । कर्णाली प्रदेशका ५ जिल्लाका कारागारको भौतिक अवस्था जीर्ण र साँघुरा हुँदा कैदीबन्दीलाई समस्या भएको छ ।

    सुर्खेत, दैलेख, रुकुम पश्चिम, सल्यान र जाजरकोटमा रहेका कारागार भवनहरूको अनुगमनमा भौतिक अवस्था कमजोरसँगै कैदीबन्दीलाई सकस भएको पाइएको हो ।

    ‘सबैभन्दा ठूलो समस्या भौतिक पूर्वाधारको क्षेत्रमा छ’ कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले भने, ‘प्रदेशका कारागारहरूको अवस्था र कैदीबन्दीले भोग्नु परेका समस्या बुझ्न म कारागारहरूको अनुगमनमा हिँडेको थिए । प्रतिवेदन तयार गर्न लागेको छु ।’

    कारागारहरूको अवस्था जीर्ण र साँघुरा भवन हुँदा कोच्चिएर बस्नु पर्ने, खेलमैदान तथा मनोरञ्जनको व्यवस्था नभएको, खानेपानीको अभावजस्ता समस्या कैदीबन्दीले भोग्नु परेको उनले बताए । 

    मुख्य न्यायाधिवक्ता श्रेष्ठले सुर्खेतमा भवन साँघुरो हुँदा कैदीबन्दी कोचिएर सुत्नु परेको, दैलेखमा भवन राम्रो भए पनि खानेपानी अभाव भएको र अन्य जिल्लाका कारागारमा भवनकै समस्या रहेको उनले बताए  ।

    त्यस्तै जिल्लाका हिरासतहरुसमेत जिर्ण भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार यहाँको हिरासत अवस्थासमेत दयनीय छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij