Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

थप दुई जनामा हैजा पुष्टि

थप दुई जनामा हैजा पुष्टि

  • 365
    SHARES
  • थप दुई जनामा हैजा पुष्टि

    काठमाडौं । थप दुई जनामा हैजा पुष्टि छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले हेटौंडा र चाँगुनारायण नगरपालिकाका एक एक जनामा हैजा पुष्टि भएको बताएका छन् ।

    ती दुवै जनाको अहिले उपचार भइरहेको छ । योसँगै अहिले कूल संक्रमितको संख्या २१ पुगेको छ । अहिलेसम्म पाँच जना बिरामीको उपचार भइरहेको छ ।

    हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ । यस्तै खानेपानीलाई सधैँ सफा भाँडोले छोप्न, खानेकुरालाई राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखानसमेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले खानेपानीका कारणले हैजाका बिरामी बढेको बताए ।

    उनका अनुसार हैजा देखिएका ठाउँको खानेपानी परीक्षण गर्दा खान अयोग्य रहेको छ । उनले कीर्तिपुरमा चार ठाउँका खानेपानीको नमूना परीक्षण गर्दा कोलिफर्म जिवाणु देखिएको जानकारी दिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij