वेबटिभी खबर
काठमाडौं । आफ्नै घरको ड्रममा राखेको पानीमा डुबेर सर्लाहीको हरिवनमा एक बालिकाको मृत्यु भएकाे छ ।
हरिवन नगरपालिका-२ निवासी बिजय महतोकी छोरी २ वर्षीया अनुषा महतोको आँगनमा खेल्ने क्रममा ड्रमको पानीमा डुबेर मृत्यु भएकाे हो ।
ड्रमको पानीमा डुबेर अचेत बनेकी बालिकालाई तत्काल हरिवनस्थित नमुना अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेकाे ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ ।
घटनालगतै पुगेको प्रहरी टोलीले घटना स्थलको मुचुल्का तयारी गरि शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो ।
शव परीक्षणपश्चात आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जनाकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij