Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पत्रकार महासंघ चितवनको हेल्प डेस्क 

पत्रकार महासंघ चितवनको हेल्प डेस्क 

  • 740
    SHARES
  • पत्रकार महासंघ चितवनको हेल्प डेस्क 

    भरतपुर । चितवनमा बढ्दो कोरोना संक्रमण र निषेधाज्ञाको घोषणासँगै नेपाल पत्रकार महासंघ चितवनले हेल्प डेस्क (सहायता कक्ष) स्थापना गरेको छ ।

    नेपाल पत्रकार महासंघ चितवनले कोरोना महामारीको समयमा चितवनका पत्रकारलाई केही समस्या परेमा तत्काल समाधानका लागि सो डेस्क स्थापना गरेको जनाएको छ । 

    पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीकाअनुसार महासंघ सचिव दीपेन्द्र अधिकारीको संयोजकत्वमा गठित डेस्कको सदस्यमा सहसचिव उर्गेन तामाङ र विप्लव काफ्ले छन् । 

    पत्रकारलाई कुनै समस्या परेमा संयोजक अधिकारी वा सदस्यद्वयलाई तत्काल सम्पर्क गर्नसमेत महासंघ चितवनले आग्रह गरेको छ ।  

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij